राजीनामापछि पाण्डेले भने–जति दिन मुख्यमन्त्री बने सन्तुष्ट बनेरै काम गरे

पाेखरा | चैत २१, २०८०

राजीनामापछि पाण्डेले भने–जति दिन मुख्यमन्त्री बने सन्तुष्ट बनेरै काम गरे

पोखरा:    गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका सुरेन्द्रराज पाण्डेले प्रदेशको मुख्यमन्त्री जति दिन भएपनि सन्तुष्ट बनेर काम गरेको बताएका छन् । 

 

बुधबार प्रदेशप्रमुख डिल्लीप्रसाद भट्टालई राजीनामा बुझाएपछि पत्रकारहरुसमक्ष बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

 

‘म वैशाखको १५ गते मुख्यमन्त्रीमा नियुक्त भएको हुँ । मुख्यमन्त्री नियुक्त हुँदा सरकारको तर्फबाट तीनवटा काम गर्नुपर्ने थियो, उनले भने, ‘मुख्यमन्त्री नियुक्त भएपछि सरकारको प्राथमिकता र सिद्धान्त, नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याए ।’

 

उनले गण्डकी प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेसम्म सरकार बनाउने विषयमा सहभागी नहुने बताएका कारण विश्वासको मत नलिई राजीनामा दिएको स्पष्ट पारे । 

 

‘गण्डकी प्रदेश सरकारमा राप्रपा निर्णायक छ, उसको साथबिना कुनै पनि गठबन्धनले सरकार बनाउन सक्दैन’, उनले भने, ‘चैत २७ गतेसम्म राप्रपा सरकार बनाउने विषयमा सहभागी नहुने भएपछि मैले संवधानिक व्यवस्था अनुसार संसदबाट कि विश्वासको मत लिनुपथ्र्यो कि राजीनामा दिनुपथ्र्यो, मैले राजीनामा रोज्या हो ।’

 

मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले अब प्रदेश प्रमुखले चाँडै सरकार बनाउन आह्वान गर्न सुझाव दिएको बताए । 

 


 

यो पनि पढ्नुहोस

 

केन्द्रमा सत्ता गठबन्धन परिवर्तनभएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट मन्त्री भएका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फागुन २३ गते फिर्ता दिएको थियो । 

 

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि भोलि (बिहीबार) मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास मत नलिई मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । 

 

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादीको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र चुनाव जितेका एक सांसद छन् । 

 

गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्